प्रदेश गृहमन्त्री पहिरो प्रभावित क्षेत्रमा

सुर्खेत, २२ साउन ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली सोमबार पहिरो प्रभावित क्षेत्र जाजरकोट गएको छ । आइतबार जाजरकोटमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो । आइतबार प्रदेशसभाको बैठकमा सभा सदस्यले जाजरकोट पहिरोको घटनाबाट भएको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेश गृहमन्त्रीसहितको टोलिले सोमबार प्रभावित क्षेत्र भेरी नगरपालिका–३ जाजरकोट पुगेर प्रतिपरिवार २५ हजार रूपैयाँ, खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ ।

प्रदेश गृहमन्त्रीसहितको टोलिले सोमबार प्रभावित क्षेत्र भेरी नगरपालिका–३ जाजरकोट पुगेर प्रतिपरिवार २५ हजार रूपैयाँ, खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ ।


पीडित परिवारका लागि राख्न लायकको ठाउँको छनोट गरी तत्काल बस्ने व्यवस्था पनि मिलाइने मन्त्री भण्डारीले बताए । त्यसका साथै जोखिमस्थलको अनुगमन गरी त्यस क्षेत्रका घरपरिवारलाई पनि वैकल्पिक व्यवस्था मिलाइने उनले बताए । मन्त्री भण्डारीसहित जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्यत्रय गणेशप्रसाद सिंह, कृष्णा शाह र कौशिलावती खत्री पनि प्रभावित क्षेत्र पुगेका थिए ।

प्रकाशित मितिः   August 7, 2018 at 11:15 am 


  • प्रतिक्रिया दिनुहोस्