सुर्खेत, भदौ १२ ।
सुर्खेतमा दृष्टिविहीनहरुको क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्लामै पहिलो पटक पाईनियर बहुउद्देश्यीय सहकारी संस्थाले भदौ १६ गते वीरेन्द्रनगरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । संस्थाको १५औं वार्षिकोत्सवमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।
संस्थाका उपाध्यक्ष उपेन्द्रबहादुर खड्काले पहिलो चरणमा यस किसिमको प्रतियोगिता आयोजना गर्न लागिएको भन्दै आगामी दिनमा यस्तै खालका सामाजिक कार्यहरु पनि गर्दै जाने बताए ।
प्रतियोगितामा जिल्लाका २ वटा टिमले सहभागिता जनाउने खेलकुद संयोजक रमेश तुलाधरले जानकारी दिए । प्रथम र द्वितिय स्थान प्राप्त गर्ने खेलाडीहरुलाई उचित पुरस्कार, प्रमाणपत्र र मेडलहरु दिइने आयोजकले जनाएको छ ।






कर्मसञ्चार । २०७५ भाद्र १२ गते मंगलवार