सुर्खेत, २२ भदौ ।
शिक्षक सेवा आयोगको परीक्षा दिन फरक प्रदेशमा जानुपर्ने भएको छ । आगामी असोज ११, १२ र १३ गते हुने माध्यामिक निम्नमाध्यामिक र प्राथमिक तहको लिखित परीक्षाको केन्द्र फारम भरेको जिल्लाभन्दा फरक जिल्लामा तोकिएपछि दुर्गमका परीक्षार्थीलाई असुविधा हुने भएको हो ।
सुर्खेतबाट फारम भरेका उम्मेदवारले प्रदेश नम्बर ५ को बाँकेबाट परीक्षा दिनुपर्ने भएको छ । कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटका उम्मेदवारका लागि बाँकेमा परीक्षा केन्द्र तोकिएको छ । शिक्षकको पदपूर्तिका लागि परीक्षा केन्द्र फरक जिल्ला तथा प्रदेशमा तोकेपछि परीक्षार्थीलाई सास्ती हुने भएको हो ।
सुर्खेतबाट फारम भरेका उम्मेदवारले प्रदेश नम्बर ५ को बाँकेबाट परीक्षा दिनुपर्ने भएको छ । कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटका उम्मेदवारका लागि बाँकेमा परीक्षा केन्द्र तोकिएको छ ।
सडक यातायातको सुविधा नभएको हुम्लाका परीक्षार्थी जहाजमार्फत सुर्खेत आएर परीक्षामा सहभागि हुनुपर्ने भएको छ । हवाईमार्गबाट परीक्षा दिन जाँदा एकजना परीक्षार्थीकोे कम्तीमा ५० हजार खर्च हुने देखिएको छ । ‘महँगोमा प्लेन चढेर जानै समस्या हुने भयो,’ एक परीक्षार्थीले भने, ‘परीक्षार्थीको संख्या धेरै भएकाले टिकट पाउन समेत समस्या हुने देखिन्छ ।’
हुम्लाबाट जिल्लाबाट ६ सय ७१ परीक्षार्थीले शिक्षक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्दैछन् । साबिक कर्णाली अञ्चलका ५ र दैलेखबाट फाराम भरेका परीक्षार्थीको केन्द्र सुर्खेत तोकिएको हो । विगतमा निमावि र मावि तहको शिक्षकका लागि सुर्खेत र प्राथमिक तहका लागि जिल्लामै केन्द्र तोकिएको थियो ।
प्रकाशित मितिः September 7, 2018 at 7:24 pm













कर्मसञ्चार । २०७५ भाद्र २२ गते शुक्रवार