चुँडिएको हात जोडियो

सुर्खेत, ८ भदौ ।
वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा शल्यक्रियाका माध्यमबाट चुँडिएको हात जोडिएको छ । बर्दिया बगनाहका रमेश थारुको चुडिएको हातको सफल शल्यक्रिया गरिएको हो ।
अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर मंगल रावलले यस्तो सफल शल्यक्रिया कर्णाली प्रदेशमै पहिलोपटक भएको दाबी गरे ।
‘यो अति संवेदनशील शल्यक्रिया हो,’ डाक्टर रावलले भने, ‘सबैको प्रयासले विरामीको ज्यान बचाउन सफल भयौं ।’ उनका अनुसार यस्तो खाले केशमा समयमै शल्यक्रिया गर्न नसके अत्याधिक रक्तस्राव भएर बिरामीको ज्यानैसमेत जान सक्छ ।
घरको तीन तलामाथीवाट खस्दा थारुको हात नै चुडिएको थियो । शल्यक्रिया सफल भएपछि आफुलाई डाक्टरहरुले पुनर्जीवन दिएको थारुले बताए । क्षेत्रीय अस्पतालमा आधुनिक उपकरण र विशेषज्ञ सेवा भित्रिएसँगै जटिल खाले शल्यक्रिया पनि सम्भव हुने गरेका छन् ।

प्रकाशित मितिः   August 24, 2018 at 7:05 pm 


  • प्रतिक्रिया दिनुहोस्