भेरी–बबई आयोजना प्रमुखको सरुवा

सुर्खेत, ४ भदौ ।
भेरी–बबई डाइभर्सनमा आयोजना प्रमुखका रूपमा सुरुदेखि काम गरिरहेका शिवकुमार बस्नेतको सरुवा भएको छ । उनी सात वर्षदेखि भेरी–बबईमै कार्यरत थिए । सरकारले ‘पाइलटिङ प्रोजेक्ट’ का रूपमा यसलाई अघि बढाएपछि उनी आयोजना निर्देशकको जिम्मेवारी सम्हालेका थिए । बस्नेतको ठाउँमा सिँचाइ विभागकै सञ्जीव बराल आउँदै छन् ।

प्रकाशित मितिः   August 20, 2018 at 8:04 pm 


  • प्रतिक्रिया दिनुहोस्