सुनको भाउ एक महिनामा प्रतितोला ४३ हजारले बढ्यो


सुर्खेत । नेपाली बजारमा सुनको भाउ बढेको बढ्यै छ । सुन विगत एक महिनाको अवधीमा प्रतितोला ४३ हजार रुपैयाँ बढेको हो । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ रहेकोमा असोज ३१ गते आज प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बिहिबार सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ।

प्रकाशित मितिः   October 17, 2025 at 12:21 pm 


  • प्रतिक्रिया दिनुहोस्