इतिहासको ‘भद्दा मजाक’

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय पछाडी फालिएको तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याको तस्बिर । यो तस्बिरमा इतिहासले कसैमाथि गरेको भयङ्कर ठट्टा देख्न सकिन्छ । त्योभन्दा पनि अझ इतिहासमाथि भएको ‘भद्दा मजाक’। अहिलेका शासकहरुले तत्कालीन राजा वीरेन्द्रलाई साँच्चै बिर्से, सम्झन चाहेनन् अथवा सम्झनु र सम्मान गर्नुको अर्थ देखेनन् होला । तर, उनको तस्बिरसमेत गणतन्त्रको ‘गोदाम’मा अटेन र फ्याकियो फोहोर फाल्ने ठाउँमा । के साँच्चै राजसंस्था हुँदोहो त यी तस्बिर यसरी नै फालिँदो हो ? कुनै समय थियो, राजा रानीका तस्बिरलाई समेत जयजयकार गरिन्थ्यो । राजसंस्था समाप्त भएपछि तीनका तस्बिर पनि थन्काउने ठाउँ भेटिएन ।


 

                                                               तस्बिर – कर्म सञ्चार डट कम ।


 

प्रकाशित मितिः   August 14, 2018 at 1:48 pm 


  • प्रतिक्रिया दिनुहोस्