मिस एण्ड मिस्टर सुर्खेतको उपाधि अन्जना र टेकमलाई


सुर्खेत, ६ पुस ।
सन् २०१९ ‘मिस सुर्खेत सिजन– थ्री’ को उपाधि अन्जना श्रेष्ठले जितेकी छन् । शनिबार साँझ वीरेन्द्रनगरस्थित सिद्धार्थ होटलमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य प्रतियोगिलाई पछि पार्दै श्रेष्ठले मिस सुर्खेतको उपाधि हात पारेकी हुन् । उनले रू. ३० हजार नगदसहित मिस सुर्खेतको ताज र विभिन्न उपहार प्राप्त गरेकी छन् ।

सँगै मिस सुर्खेत फस्ट रनरअफको उपाधि विनिता गुरुङले हात पारिन् भने सेकेण्ड रनरअफको उपाधि दीपा पुनमगरले जितिन् ।
यस्तै, ‘मिस्टर सुर्खेत सिजन– वान’ को उपाधि टेकम विकले जितेका छन् । उनले पनि रू. ३० हजार नगदसहित विभिन्न उपहार हात पारेका छन् । मिस्टर सुर्खेतको फस्ट रनरअफ भने सन्तोष चौधरी भएका छन् । अडिसन राउण्डबाट छनोट भएकाले २० दिनको तालिमपश्चात उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धाको निर्णायक टिममा कृति गुभाजु, सीमा चन्द र सुमन थापा रहेका थिए ।

आयोजक मुन मिडिया हाउसका अध्यक्ष विजय केसीले बाहिरी तथा भित्रि सुन्दरतालाई उजागर गर्न, आत्मविश्वास बढाउन र क्षमता विकास गर्न सहयोग पुगोस भन्ने उद्देश्यले हरेक वर्ष मिस सुर्खेत र मिस्टर सुर्खेतको प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।

प्रकाशित मितिः   December 22, 2019 at 7:41 am 


  • प्रतिक्रिया दिनुहोस्