ओमबहादुर जिसीको निधन

सुर्खेत, ९ कात्तिक ।
सुर्खेतका प्रतिष्ठित राजनीतिज्ञ एवं समाजसेवी ओमबहादुर जिसीको निधन भएको छ । ७४ वर्षीय जिसीको शनिबार बेलुका सुर्खेतको वीरेन्द्रनगरस्थित आफ्नै निवासमा निधन भएको हो ।

केही समययता स्वास्थोउपचारमा रहेका जिसीको निधन भएको अमरज्योती नमूना माध्यमिक विद्यालयका शिक्षक कुमारबहादुर ढकालले पुष्टि गरे । ‘उहाँ केही समयदेखि अस्वस्थ हुनुहुन्नथ्यो, अब हामी माझँ रहनुभएन,’ ढकालले कर्मसञ्चारलाई भने ।

तत्कालीन जिल्ला पञ्चायत सुर्खेतका सभापति एवं सुपरिचित समाजसेवी जिसीले लामो समय पब्लिक हाईस्कुल (हाल जनमावि) को शिक्षक तथा विद्यालय सञ्चालन समितिको अध्यक्ष भएर पनि काम गरेका थिए । जिसी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यसमेत भएका थिए । जिसीको निधनले सुर्खेतले एक राजनीतिज्ञ एवं सुपरिचत समाजसेवी गुमाएको छ ।

प्रकाशित मितिः   October 26, 2019 at 10:25 pm 


  • प्रतिक्रिया दिनुहोस्