दशैंमा शान्त वीरेन्द्रनगरः महानवमीको बिहान नौ बजे खिचिएका नौ तस्बीर

(कर्मफोटो फिचर )
सुर्खेत, २० असोज ।
आज दशैंको नवौं दिन अर्थात् महानवमी । यतिबेला हिन्दु नेपालीहरूले धुमधामका साथ दशैं मनाइरहेका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट दशैं मनाउन हजारौंको संख्यामा बाहिरिएपछि सधैं भिडभाड हुने वीरेन्द्रनगर रित्तोजस्तो देखिएको छ । यहाँका मुख्य बजार र चोकहरू सुनसान छन् । सवारी साधन र मान्छेको चहलपहल ह्वातै घटेपछि वीरेन्द्रनगर शान्त देखिएको छ ।
महानवमीका दिन वीरेन्द्रनगरको वीरेन्द्रचोक, बुद्धपथ, नेताचोक, यरीचोक, मंगलगढीचोक र जुम्लारोडको दृश्य यस्तो छ ।
हेर्नुहोस्, दशैंमा शान्त र सुनसान कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरका विभिन्न स्थान पुगेर कर्मसञ्चारकर्मीले क्यामेरामा कैद गरेका तस्बीरहरूः

प्रकाशित मितिः   October 7, 2019 at 11:13 am 


  • प्रतिक्रिया दिनुहोस्