कर्णालीका कृषि उत्पादन सरकारले खरिद नगर्ने

सुर्खेत, २२ साउन ।
कर्णालीका कृषकले पाउँदै आएको सुविधा खोसिएको छ । सरकारले दिइँदै आएको कर्णालीका कृषि उत्पादन खरिद गर्ने सुविधा खारेज गरेको हो । कृषकलाई आर्थिक रूपमा सक्षम र बजारीकरणको रणनीतिसहित खरिद गर्दै आएको ‘कर्णालीका उत्पादन’ सरकारले अब खरिद नगर्ने निर्णय गरेको छ ।

कर्णालीमा उत्पादित उवा, चिनो, कागुनु, फापर, सिमी, भटमास, कोदो जस्ता अन्न र गेडागुडी खरिद गरेर खाद्य संस्थानले बेच्दै आएको थियो । कर्णालीका किसान बिचौलियाको मारमा नपरून् भन्ने उद्देश्यले स्थापित उक्त कार्यक्रमै खारेज गरिएको हो । खाद्य सस्थानका अनुसार किसानलाई प्रोत्साहन गर्न सरकारले आर्थिक वर्ष ०७०/७१ बाट कर्णालीका उत्पादन खरिद गर्दै आएको थियो ।

किसानले उत्पादन गरे पनि बजार पहँुच नभएका कारण खाद्य संस्थानले नै खरिद गरी बिक्री गर्दै आएको थियो । कर्णालीबाट ल्याएको गेडागुडी तथा तरकारी सस्थानले किलोमा १ रुपैयाँ मात्रै नाफा राखेर बेच्ने गथ्र्याे । यसले किसानलाई प्रोत्साहनसँगै शहरवासीले अग्र्यानिक उत्पादनको स्वाद पाएका थिए । गेडागुडी खरिदका लागि सरकारले वार्षिक एक र डेढ करोड रुपैयाँ विनियोजन गर्दै आएको थियो । संस्थानले जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटमा मौसमी उत्पादन र तरकारी खरिद गर्ने गरेको थियो ।

नेपाल खाद्य संस्थानबाट कर्णाली क्षेत्रका कृषि उत्पादन खरिद गरेर देशका मुख्य शहरसम्म पु¥याई बेच्न सरकारले अनुदान दिने गथ्र्यो । यसबाट उत्पादन सस्तोमा बेच्न वा कुहाएर फाल्न नपर्दा किसानहरूलाई फाइदा र थप उत्पादन गर्ने हौसला पनि मिलेको थियो । तर, सरकारले आर्थिक वर्ष २०७५ /०७६ को बजेटबाट कर्णालीका उत्पादन खरिद गर्ने शीर्षक नै हटाएको छ ।


कर्णालीका उत्पादन खरिद गर्दा किसानहरू उत्साहित थिए । तर, आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छैन । सरकारले ०७५÷७६ को बजेटमा उक्त कार्यक्रमको शिर्षक शीर्षक नै हटाएको छ । कर्णालीबाट खरिद गरिएका कृषि उत्पादन खाद्य संस्थानको गोदाममा थन्किएर बसेकाले अनुदान कार्यक्रम हटाइएको तर्क दिइएको छ ।

गेडागुडी खरिद खारेज गरेपछि कर्णालीका सांसदहरूले आपत्ति जनाएका छन् । कर्णालीको जनताको सेवा सुविधा कटौती गरेर सरकार लोकप्रिय बन्न नसक्ने भन्दै जनताले उत्पादन गरेको कृषिजन्य सामग्रीहरू सरकारले नकिन्नु गैरजिम्मेवारी भएको उनीहरुको भनाई छ ।

आर्थिक वर्ष २०७४/७५ को लागि संस्थानले २ सय ७१ क्विन्टल सिमी र ८६ क्विन्टल फापर खरिद गरेको गरेको छ । सस्थानका अनुसार गत वर्षको करिब ६ सय क्विन्टल सिमी बिक्री हुन सकेको छैन । गेडागुडी खरिद गरेर बिक्री गर्ने आशय राम्रो भए पनि लापरबाहीका कारण बिक्री हुन नसकेको संस्थानका अधिकारीहरू बताउँछन् ।

प्रकाशित मितिः   August 7, 2018 at 12:34 pm 


  • प्रतिक्रिया दिनुहोस्