लैंगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम

 

बाँके (खजुरा), २७ माघ ।
शिक्षकका लागि शिक्षामा लैंगिक रुपान्तरण सम्बन्धी तालिम शुरु भएको छ । खजुरा गाउँपालिकामा ‘शिक्षामा लैंगिक रुपान्तरण तथा समावेशी शिक्षा’ परियोजना अन्तरगत तालिम सञ्चालन गरिएको हो ।

बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मका कक्षा शिक्षकहरुका लागी तीनदिने लैंगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम शुरु गरिएको आयोजकले जनाएका छन् । शिक्षा शाखा खजुराको समन्वयमा प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंज र सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपाल बाँकेको साझेदारीमा सञ्चालित तालिममा परियोजना लागू भएका विद्यालयका शिक्षकहरुको सहभागीता छ ।
शिक्षण तालिममा सामाजिकरणमा लैंगिकताको भूमिका, परम्परागत लैंगिक अवधारणा, लैंगिकमैत्री विद्यालय ब्यवस्थापन लागी ब्ब्यवस्थापन समिति तथा शिक्षकको काम, कर्तब्य र भूुमिका, शैक्षिक सुशासन बाल विकास केन्द्र तथा पूर्व प्राथमिक कक्षामा लैंगिक रुपान्तरणमूलक प्रारम्भिक सामाजिकिकरण लगायतका विषयमा छलफल तथा सिकाई आदान–प्रदान गरिनेछ ।
कक्षा एकदेखि तीन सम्मको मेरो सामाजिक अध्ययन तथा सृजनात्मक कला, मेरो नेपाली विषयमा लैंगिकमैत्री नभएका शब्द चित्र, बाक्यका बारेमा तालिम अवधीभर छलफल गरिने बताइएको छ ।

छलफलबाट कार्ययोजना निर्माण गरी आगामी दिनमा विद्यालयस्तरमा शैक्षिक सामग्रीको उचित प्रयोग, लैंगिक विभेदिकरणको अन्त्य, मनोरञ्जनात्मक शिक्षण सिकाई, छुवाछुतको अन्त्य हुने तालिम आयोजकको विश्वास छ । तालिम पश्चात् बालबालिकाको भर्नादरमा बृद्घि, कक्षा कोठा व्यवस्थापन, भयरहित सिकाई, नियमित उपस्थिति, अभिभावकको सक्रियतालगायतमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

 

तालिमको सहजिकरण परियोजना फिल्ड सिनियर सुपरभाईजर लक्ष्मी शर्मा, परियोजना अधिकृत कल्पना अधिकारी र गाउँ शिक्षा शाखा खजुराका श्रोत व्यक्ति टंकनाथ दाहालले गरेका छन् । खजुरा गाउँपालिकाका विभिन्न वडामा सञ्चालित नौ वटा विद्यालयका २४ जना शिक्षकहरुको सहभागीता तालिम यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः   February 11, 2019 at 12:28 pm 


  • प्रतिक्रिया दिनुहोस्