
सुर्खेत, ४ माघ ।
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा टाइटन घडीको अत्याधुनिक सो–रुम खुलेको छ । टाइटनको आधिकारीक विक्रेता रमेश वाच सर्भिस सेन्टरले वीरेन्द्रनगर–६ बुद्धपथमा ६० लाख लगानीमा प्रदेशमै पहिलो पटक हाते घडीको सो–रुम स्थापना गरेको हो ।

सो–रुममा टाइटन, सोनाटा र फास्ट्राकलगायत ब्राण्डका हाते घडी विक्री तथा मर्मत गरिने सञ्चालक सुरेन्द्र गौतमले जानकारी दिए । यी ब्राण्डका घडी खरिद गर्दा उपभोक्तालाई १० प्रतिशतसम्म छुट दिइने उनले बताए । यहाँबाट घडीको सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरुको सेवा प्रदान गरिने छ । सो–रुमको औपचारिक उद्घाटन आज (शुक्रबार) गरिएको हो ।


प्रकाशित मितिः January 18, 2019 at 11:38 am























कर्मसञ्चार । २०७५ माघ ४ गते शुक्रवार