सुर्खेत, १९ साउन ।
वीरेन्द्रनगरमा शनिबार चार जना स्रस्टाले गजल वाचन गरेका छन् । मध्यपश्मिाञ्चल विश्वविद्यालय साहित्य समाजले आयोजना गरेको साहित्यिक कार्यक्रममा स्रस्टाहरुले गजल वाचन गरेका हुन् । काव्य श्रृखला–ग अन्तर्गत गजलकार बाबु त्रिपाठी, महेन्द्रचन्द ‘महासागर’, देवकी निरौला र कृष्ण विरहीले आ–आफ्ना उत्कृष्ट गजल वाचन गरेका थिए ।
जिल्ला समन्वय समितिको हलमा खचाखच भरिएका गजलका पारखीहरुको तालीले हौसिएका स्रस्टाहरुले विभिन्न विद्याका दर्जनौं गजल सुनाए । गजल सुन्ने सुनाउने संस्कृतिको विकास गर्न यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरिएको आयोजक संस्था मध्यपश्मिाञ्चल विश्वविद्यालय साहित्य समाजले जनाएको छ । समाजले यसअघि सोही स्थानमा काव्य श्रृखला–क र ख पनि गरेको थियो ।
प्रकाशित मितिः August 4, 2018 at 6:40 pm


कर्मसञ्चार । २०७५ साउन १९ गते शनिवार