
काठमाडौ, १६ पुस ।
हिटर ताप्दा काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान गएको छ । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् ।
उनीहरु गत ७ गते शनिबार हिटरबाट सल्केको आगोको लप्कामा परी गम्भीर घाइते भएका थिए । उनीहरुका डेढ वर्षको छोरा मेडिसिटी अस्पतालमा उपचाररत छन् ।
दुवैलाई बेहोशी अवस्थामा उद्दार गरिएकाले कसरी आगो सल्कियो भन्ने यथार्थ विवरण आउन नसकेको प्रहरीले बताएको छ । घटनास्थलको प्रकृति हेर्दा हिटरको ग्यास लिक भएर आगलागी भएको देखिएको बताइएको छ । ग्यास र विजुली दुवैबाट चल्ने उक्त हिटर उनीहरुले सोही दिन बनाएर ल्याएको पनि बुझिएको छ ।
प्रकाशित मितिः December 31, 2018 at 4:36 pm













कर्मसञ्चार । २०७५ पुष १६ गते सोमवार