एसईई परीक्षा चैत १० गतेदेखि

सुर्खेतं, १३ मंसिर ।

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) आउँदो चैत १० गतेदेखि गर्ने भएको छ । बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

प्रकाशित मितिः   November 29, 2018 at 4:53 pm 


  • प्रतिक्रिया दिनुहोस्