सुर्खेत, पुस १४
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशस्थित ११ अस्पताल र २ आयुर्वेद औषधालयहरूको व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य मनोनित गरेको छ । शुक्रबार साँझ बसेको बैठकले प्रदेश अस्पताल सुर्खेतको अध्यक्षमा श्यामलाल कँडेललाई मनोनित गरेको हो।
यस्तै जिल्ला अस्पताल सल्यानमा दामोदर गौतम, जिल्ला अस्पताल मुगुमा पारसमणि मल्ल, जिल्ला अस्पताल डोल्पामा तेजेन्द्रबहादुर रोकाय, जिल्ला अस्पताल हुम्लामा छेपाल दोर्जे लामा तामाङ, जिल्ला अस्पताल कालीकोटमा सरोज वोगटी, जिल्ला अस्पताल दैलेखमा लोमन शर्मा, जिल्ला अस्पताल जाजरकोटमा धर्मशिला बस्नेतलाई अध्यक्ष मनोनित गरिएको छ ।
यसैगरी, जिल्ला अस्पताल रुकुममा सुन्दर वली, जिल्ला अस्पताल मेहलकुना (सुर्खेत) मा मानबहादुर खत्री, जिल्ला आयुर्वेद औषधालय सुर्खेतमा ओमबहादुर बोहरा र जिल्ला आयुर्वेद औषधालय जुम्लामा मनोज बुढाथोकी मगरलाई अध्यक्षमा मनोनित गरिएको छ ।
मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावअनुसार अध्यक्ष तथा सदस्यको मनोनयन गरेको हो ।
यस्तै, अन्तरप्रदेश समन्वय परिषद्को पुस ३ गतेको बैठकले स्वीकृत गरेको संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।
प्रकाशित मितिः December 29, 2018 at 1:59 pm






कर्मसञ्चार । २०७५ पुष १४ गते शनिवार