नेपाली सेनामा खुल्यो साढे तीन हजारका लागि जागिर

काठमाडौं, ११ मंसिर ।
नेपाली सेनाले करिब साढे तीन हजार रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । सेनाको जमदार कर्मचारी, सहायक पण्डित, हुद्दा, अमल्दार कर्मचारी, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाध्य बादन तथा विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। मंसिर १० देखि २४ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ । यस अवधिमा छुटेकाले दोब्बर दस्तुर बुझाएर पुस २ सम्म दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मितिः   November 27, 2018 at 12:17 pm 


  • प्रतिक्रिया दिनुहोस्