कर्णालीको संसद बैठक लगातार स्थगित

सुर्खेत, ११ कात्तिक ।
कर्णाली प्रदेशसभाको बैठक आज पनि बस्न सकेन । संसद बैठक लगातार तेस्रो पटक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रातो किताबका साथै मन्त्री र सांसदहरुको सेवा सुविधासम्वन्धी विधेयक संसदमा दर्ता गराउनुपर्ने माग गर्दै असोज २३ गते संसद बैठक अवरुद्ध गरेपछि त्यसयताका तीन वटा बैठक संसद सचिवालयले सूचना टाँस गरेर स्थगित गरेको हो ।
प्रतिपक्षीको माग सम्बोधन नभएकाले संसद बैठक स्थगित गर्नुपरेको सचिवालय स्रोतले जनाएको छ । संसदको अर्को बैठक मंगलबार दिउँसो एक बजेका लागि आह्वान गरिएको छ ।

प्रकाशित मितिः   October 28, 2018 at 4:23 pm 


  • प्रतिक्रिया दिनुहोस्