प्रदेश-७ को नाम: सुदुर पश्चिम, राजधानी: गोदावरी

सुर्खेत, १२ असोज ।
प्रदेश–७ को राजधानी गोदावरी र नाम सुदुर पश्चिम प्रदेश नै हुने भएको छ । आज प्रदेश सभामा भएको मतदानमा प्रस्तावको पक्षमा ३८ र विपक्षमा सून्य मत परेको हो । पारित प्रस्तावअनुसार प्रदेश राजधानी गोदावरी नगरपालिका–४ र २ मा रहनेछ ।
५३ सदस्यीय प्रदेश–७ मा नेकपाका ३९ जना, नेकाका १२ र राजपाका २ जना सांसद रहेका छन् ।

प्रकाशित मितिः   September 28, 2018 at 5:01 pm 


  • प्रतिक्रिया दिनुहोस्