पन्त समाजद्धारा निर्मला पन्तको हत्यामा संलग्नमाथि कारबाहीको माग

सुर्खेत, ३ असोज ।
कंचनपुरकी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछिको हत्यामा संलग्नहरुमाथि अहिलेसम्म पनि कारबाही हुन नसकेकोमा पन्त समाज सुर्खेतले गम्भीर ध्यानार्षण भएको जनाएको छ ।
समाजका अध्यक्ष लोकप्रसाद पन्तले बुधवार एक विज्ञप्ति जारी गरी घटनाको यतिका दिन भइसक्दा पनि घटनामा संलग्नमाथि कारबाही नभएकोमा समाज मर्माहत भएको समेत जनाएका छन् । विज्ञप्तिमा चौतर्फी दवाव सिर्जना हुँदापनि घटनाका दोषीमाथि कारबाही हुन नसक्नु विधिको शासनको ठाडो उल्लंघन भएको भन्दै समाजले दोषीलाई यथासिघ्र कानुनी दायरामा ल्याइ हदैसम्मको कारबाही गरी निर्मला पन्तको परिवारलाई न्याय दिलाउन माग गरिएको छ ।
यदि दोषीलाई कारबाही नगरी उम्काउन खोजिएमा समाजले कडा कदम चाल्ने चेतावनी पनि दिएको छ । साथै निर्मला पन्तको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समाजले समवेदना व्यक्त गर्दै उचित क्षतिपूर्ति दिनपनि माग गरेको छ ।

प्रकाशित मितिः   September 19, 2018 at 5:42 pm 


  • प्रतिक्रिया दिनुहोस्