वीरेन्द्रनगर, २३ भदौ ।
सुर्खेत मोडेल कलेजले यसै शैक्षिक सत्रदेखि चार वर्षे बिआईएम र बिएचएमको पढाई शुरु गर्ने भएको छ । व्यवस्थापन संकायमा दश जोड दुई (प्लस टू), बिबिएस, एमबिएस सञ्चालन गर्दै आएको कलेजले यो वर्षदेखि व्यवस्थापनकै थप दुई विषय बिआईएम र बिएचएम कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
व्यवस्थापन विषय बिआईएम र बिएचएमको लागि यही भदौ ३० गते प्रवेश परीक्षा हुने कलेज प्रमुख गणेश आचार्यले जानकारी दिए । उनका अनुसार निजीस्तरमा सञ्चालित मोडेल कलेजले व्यवस्थापन शिक्षामा आफ्नो उत्कृष्टता बढाइरहेकाले थप नयाँ विषय सञ्चालन गर्न लागेको हो ।

हालसालै प्रकाशित बिबिएस चौथो वर्षको परीक्षाफलमा कलेजले प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको भन्दै कलेज प्रमुख आचार्यले बिबिएस कार्यक्रममा विगतदेखि नै ८० प्रतिशतभन्दा बढी विद्यार्थी उर्तिण भएको दाबी गरे ।
कलेजले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘क्यारियर ओरन्टेशन’ कार्यक्रममा अतिथिको रुपमा सहभागि प्रा.डा. देवराज अधिकारीले बिआईएम र बिएचएम विषयको स्वदेश तथा विदेशमा उच्च माग रहेको बताए । यी विषय व्यावसायीक भएकाले अध्ययन पश्चात् रोजगारीका लागि कुनै समस्या नहुने उनको भनाई थियो ।













कर्मसञ्चार । २०७५ भाद्र २३ गते शनिवार