राष्ट्रिय नाटक महोत्सव वीरेन्द्रनगरमा हुँदै

वीरेन्द्रनगर, १७ भदौ ।
कर्णाली प्रदेशमै पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आगामी मंसीरको पहिलो सातादेखि आरङ्ग नेपालको आयोजनामा महोत्सव हुने भएको हो ।
कला र रङ्गमञ्चको तीर्थस्थल भनेर चिनिने सुर्खेतमा सात वटै प्रदेशका कलाकारको सहभागिता हुने गरी नाटक महोत्सव आयोजना गर्न लागिएको आरङ्ग नेपालका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक गणेशभक्त गौतमले जानकारी दिए । सांस्कृतिक संस्थान नेपालको प्रस्ताव र सहयोगमा कर्णाली प्रदेशमा महोत्सव गर्न लागिएको हो । महोत्सवका लागि सांस्कृितक संस्थान, राष्ट्रिय नाचघरलगायतले आर्थिक सहयोगको प्रतिवद्धता गरेको जनाइएको छ । राष्ट्रिय नाटक महोत्सव गर्न करीब ५८ लाख खर्च हुने गौतमले जानकारी दिए ।

कला र रङ्गमञ्चको तीर्थस्थल भनेर चिनिने सुर्खेतमा सात वटै प्रदेशका कलाकारको सहभागिता हुने गरी नाटक महोत्सव आयोजना गर्न लागिएको आरङ्ग नेपालका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक गणेशभक्त गौतमले जानकारी दिए ।

कर्णाली प्रदेशको लोक नाटक र अभिनयलाई विशेष टेवा पु¥याउने र देशभर रङ्गमञ्चीय गतिविधिको सन्देश दिन नाटक महोत्सव महत्वपूर्ण हुने बरिष्ठ रङ्गकर्मी गौतमले बताए ।
महोत्सव व्यवस्थापनका लागि विभिन्न समितिहरु पनि गठन गरिएको छ ।
महोत्सव मूल समिति संयोजकमा गणेशभक्त गौतम, सल्लाहकार समिति संयोजकमा प्रेमदेव गिरी, रंङ्गमञ्च व्यवस्थापनमा यामनारायण आचार्य, स्क्रिप्ट छनौट तथा समन्वयमा प्रकाश पौडेल, आर्थिक समितिमा ललित भट्टराई, प्रचारप्रसारमा भानुभक्त अधिकारी, कार्यशाला गोष्ठीमा केशव ढकाल, दर्शक व्यवस्थापनमा उत्तम शर्मा रहेका छन् ।
यस्तै, अतिथि सत्कारमा माया थापा, यातायात तथा आवासमा अकबर खान, सचिवालय व्यवस्थापनमा अशोककुमार सिंह, प्राविधिकमा दिपक नेपाली, झाँकी व्यवस्थापनमा खड्गबहादुर चन्द, अभिलेखिकरणमा सुरेन्द्र गिरी, भेषभुषा श्रृंगारमा सविता कोइराला, प्रायोजन व्यवस्थापकमा विशाल ढकाल, पुरस्कार तथा सम्मानमा खुमलाल न्यौपाने र सामाग्री उत्पादनमा तिलक पौडेल रहेका छन् ।

प्रकाशित मितिः   September 2, 2018 at 5:32 pm 


  • प्रतिक्रिया दिनुहोस्