वडा सदस्यबाट राजिनामा दिएर शिक्षक !

जाजरकोट, १६ भदौ ।
एक जनप्रतिनिधिले राजिनाम दिएर शिक्षक बनेकी छन् । जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नं. ६ की वडा सदस्य गरिमा शाहीले राजिनामा दिएर शिक्षिका बनेकी हुन् ।

उनी छेडागाड नगरपालिका वडा नम्बर ७ को भानुभक्त आधारभुत विद्यालयको शिक्षक बनेकी हुन् । शाहीले बिहीबार जिल्ला समन्वय समितिमा राजिनामा बुझाएकी हुन् । उनी कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाई अनुदान दरबन्दीमा शिक्षक बनेकी जिल्ला शिक्षा समन्वय इकाई जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार शाहीले पदबाट राजिनाम दिएर परीक्षामा उत्तिर्ण भएपछि शिक्षक पदमा नियुक्त गरिएको हो । गत स्थानीय तहको चुनावमा जुनिचाँदे गाउँपालिका वडा नम्बर ६ की वडा सदस्यमा निर्वाचित शाही तत्कालिन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्य समेत निर्वाचित भएकी थिइन् ।

प्रकाशित मितिः   September 1, 2018 at 6:32 pm 


  • प्रतिक्रिया दिनुहोस्