सुर्खेत, ६ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सुर्खेतले श्रृंखलाबद्ध बलात्कार, हत्या र महिला हिंसाको विरोध गर्दै बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
महिलाहरु यौनजन्य हिंसाको शिकार हुनु परेको दर्दनाक अवस्थाको निराकरण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएको संगठनका अध्यक्ष सितादेवी खाणले बताइन् ।
नारा जुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेका महिलाहरुले जिल्ला प्रशासन कार्यलय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेलाई ज्ञापन पत्र बुझाएका हुन् । बलात्कारीलाई फाँसी देऊ, महिला हिंसा अन्त्य गर, महिला अधिकार सुनिश्चित गर लगायत नारा लगाउँदै महिला हिंसाका घटनाहरु प्रति सरकार गम्भीर बन्नुपर्ने उनीहरुले बताए ।

बलात्कारको शिकार भइ सामाजिक जीवनमा अपमानजनक अवस्थाबाट गुज्रिएका महिलाको जीवनयापनमा आवश्यक पहल गर्न, उनीहरूको आत्मसम्मान र स्वाभिमानको रक्षा गर्न पनि संगठनले सरकारसँग माग गरेको छ ।
सरकारको ध्यानाकर्षण गर्न कर्णाली प्रदेश सभा सदस्य सोशिला शाही, राप्रपा सुर्खेतकी नेतृ पार्वती गौतम, पार्वती पाल, सन्तोसि शाहीलगायत प्रशासन कार्यालय पुगेका थिए ।























कर्मसञ्चार । २०७५ भाद्र ६ गते बुधवार