वीरेन्द्रनगरमा ‘ग्रास रुट’ फुटबल प्रशिक्षण हुने

सुर्खेत, ५ भदौ ।
कर्णाली प्रदेशमै पहिलो पटक ग्रास रुट फुटबल प्रशिक्षण गर्न लागिएको छ । प्रशिक्षण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यही भदौ २८ गतेदेखि प्रशिक्षण शुरु गर्न लागिएको हो । सुर्खेत जिल्ला फुटवल संघको आयोजनामा प्रशिक्षण हुन लागेको संघका अध्यक्ष जनकबहादुर रावलले जानकारी दिए ।
उनका अनुसार प्रशिक्षणको पहिलो चरणमा जिल्ला एवंम् जिल्ला बाहिरका प्याब्सन, एन–प्याब्सन लगायत विद्यालयहरुसंग छलफल गरिनेछ ।

प्रशिक्षण पछि छनौट भएका खेलाडीहरुलाई क्लब, जिल्ला र राष्ट्रिय स्तरको खेलमा सहभागि गराइनेछ 

८ वर्षदेखि १३ वर्षसम्मका बाल–बालिकाहरुको खेलप्रति रुचि बढाउन र उनीहरुलाई स्वस्थ बनाउन प्रशिक्षणको आयोजना गर्न लागिएको हो,’ अध्यक्ष रावलले भने, ‘खेल माध्यमबाट पनि बालबालिकाहरुलाई अनुशासित, खेल भावना जगेर्ना गर्न र खेलप्रति रुचि जगाउनु प्रशिक्षणको उदेश्य हो ।’

संघका महासचिव गणेशकुमार कार्कीले खेल प्रशिक्षणको आयोजना गरी फुटबल खेलप्रति सकारात्मक प्रतिस्पर्धा गराउने र प्रशिक्षण अवधिभर उत्कृष्ट रहने बाल–बालिकालाई छनौट गरिने बताए । उनका अनुसार छनौट भएका खेलाडीहरुलाई क्लब, जिल्ला र राष्ट्रिय स्तरको खेलमा सहभागि गराइनेछ । प्रशिक्षणमा सहभागी हुन खेलाडीहरुलाई कुनै पनि शुल्क नलाग्ने र खेल सामाग्रीहरु फुटबल संघले नै उपलब्ध गराउने व्यवस्था गरिएको महासचिव कार्कीले जानकारी दिए ।

प्रकाशित मितिः   August 21, 2018 at 7:29 pm 


  • प्रतिक्रिया दिनुहोस्