प्रकाशित मितिः August 21, 2018 at 12:42 pmविराटनगर–१४ का सयभन्दा बढी स्थानीयका घरघरमा बिछ्याएर ग्यास पु¥याइएको छ । त्यहाँका बासिन्दाले त्यही ग्यासबाट खाना पकाउन थालेका छन् ।
काठमाडौैं, ५ भदौ ।
पाइपबाट घरघरमा ग्यास जडानको उद्घाटन तथा निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर महानगरपालिका–१४ मा जाँदै छन् ।
मंगलबार प्रधानमन्त्री ओली विराटनगर प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । विश्व बैंकको ८४ लाख रुपैयाँ लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइपमार्फत् स्थानीय बासिन्दाको भान्सासम्म ग्यास पु¥याएको हो ।
स्थानीय गोसेवा सदनले गाईको गोबर संकलन गरी बायोग्यास उत्पादन गरेको हो । विराटनगर–१४ का सयभन्दा बढी स्थानीयका घरघरमा बिछ्याएर ग्यास पु¥याइएको छ । त्यहाँका बासिन्दाले त्यही ग्यासबाट खाना पकाउन थालेका छन् । एलपी ग्यासको एक सिलिन्डरमा भए जति बायोग्यास उपभोग गर्दा ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने बताइएको छ ।























कर्म संचार । २०७५ भाद्र ५ गते मंगलवार