
काठमाडौं, २६ पुस ।
देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा तोकता गर्न थालेका हुन्। तर, प्रधान कार्यालयले पुस दोस्रो साता मात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ।
टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ। सयममा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री सेल्सियससम्मको कठ्यांग्रिने जाडोमा ज्याकेट नलगाई ड्युटी गर्न बाध्य छन्। खासगरी नयाँ भर्ना भएका प्रहरीले ज्याकेट पाएका छैनन्। देशैभरिका प्रहरी कार्यालयमा यस्तो समस्या छ।
प्रहरीको केन्द्रीय तथा प्रदेशस्तरको भण्डार रित्तो रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ। प्रहरीको प्रबन्ध शाखाका प्रमुख डिआइजी नारायणसिंह खड्काले १५ हजार ५०० ज्याकेटसहित आवश्यक अन्य पोसाक, जुत्तालगायतका सामान खरिदका लागि पुस १८ मा डेन्डर आह्वान गरिएको बताए। उनका अनुसार टेन्डर प्रक्रिया पूरा हुन कम्तीमा दुई महिना लाग्छ। एक महिनाको समय दिएर टेन्डर आह्वान गरेकाले माघ दोस्रो सातासम्म टेन्डर हाल्ने समय हुनेछ।
त्यसपछिआशयपत्र माग्ने तथा टेन्डरको निर्णय गर्न थप एक महिना लाग्नेछ। टेन्डर परेपछि मात्र ठेकेदार कम्पनीले ज्याकेट सिलाउन सुरु गर्ने भएकाले चैतअघि प्रहरीले ज्याकेट पाउन सम्भावना कम छ।
प्रकाशित मितिः January 10, 2019 at 11:50 am























कर्मसञ्चार । २०७५ पुष २६ गते बिहीवार