काठमाडौं, १ भदौ ।
यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका कवि हुन् । दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो । पुरस्कार असोज १२ गते वितरण गरिनेछ ।
गुठीले यसअघि मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तको नाम सार्वजनिक गरेको थियो ।
प्रकाशित मितिः August 18, 2019 at 5:43 pm























कर्मसञ्चार । २०७६ भाद्र १ गते आइतवार