केपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा कर्णाली ११ र लालिगुँरास भिड्ने

सुर्खेत, ७ वैशाख ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने कर्णाली प्रिमियर लिग (केपीएल) को खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक कर्णाली क्रिकेट एकेडेमी (केसीए)ले शनिबार खेल तालिका सार्वजनिक गरेको हो । जसअनुसार वैशाख १२ गते हुने उद्घाटन खेलमा कर्णाली ११ सँग लालिगुराँस क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो र अन्तिम दिन एक खेल मात्रै हुनेछ ।

विजेतालाई पाँच लाख
प्रतियोगितामा तीन विभागीयसहित आठ टीम सहभागी हुँदैछन् । विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । म्यान अफ द सिरिजलाई ५० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई २०–२० हजार रुपैयाँ नगद प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलमा ’म्यान अफ द म्याच’ हुने खेलाडीले तीन हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

बसन्त रेग्मीको कप्तानीमा सशस्त्र प्रहरीको एपीएफ क्लब, विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मी क्लब र मञ्जीत श्रेष्ठको कप्तानीमा नेपाल पुलिसको टीम प्रतियोगितामा सहभागी हुनेछन् ।

यस्तै, कर्णाली क्रिक्रेट एकेडेमीमा रविन्द्रजंग शाही, महेन्द्रनगर क्रिकेट एकेडेमी (कञ्चनपुर) बाट सुशील खड्काले टीमको नेतृत्व गर्नेछन् । मेहबुब आलमले लालिगुराँस क्रिकेट एकेडेमी (झापा) र अजय साहनीले मध्यपश्चिम क्रिकेट (बाँके) र सुरेन्द्र चन्दले हिमालयन क्रिकेट एकेडमी (काठमाडौं) को टीमको नेतृत्व गर्नेछन् । प्रतियोगिता अवधिभर १५ वटा खेल हुने आयोजकले जनाएको छ ।

तयारी तीव्र


कर्णाली प्रिमियर लिग (केपीएल) का लागि तयारी तीव्र पारिएको छ । आयोजका अनुसार मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘मैदान मिलाउने, पिच र बाउन्ड्रीको लेभल मिलाउने लगायतको काम भइरहेको केपीएल दोस्रो संस्करणका संयोजक रेशम शाहीले जानकारी दिए ।

यस्तो छ खेल तालिका

 

 

 

प्रकाशित मितिः   April 20, 2019 at 5:46 pm 


  • प्रतिक्रिया दिनुहोस्