
माघ, ३० ।
कुनै समय थियो, माघी आयो कि कमैया कम्लरीको चहलपहल हुन्थ्यो । रमाइलोभन्दा दु:खको पर्व बनेर थारू गाउँ पस्थ्यो माघी । धेरै थारू बालिका कम्लरी भएर अर्काको घर जान्थे । पुराना कमैया कम्लरी नवीकरण गरिन्थे । अहिले फेरिएको छ ।
माघी आउनै लाग्दा अधिकांश थारू गाउँका घर रंगिएका छन् । दिनहुँजसो नाचगान र खानपिन चलिरहेछ । पर्व तयारीमा भ्याइनभ्याइ देखिन्छन् उनीहरू ।
कुनै समय रमाइलोभन्दा दु:खको पर्व बनेर थारु गाउँ पस्थ्यो माघी । धेरै थारु बालिका कम्लरी भएर अर्काको घर जान्थे । पुराना कमैया कम्लरी नवीकरण गरिन्थे । अहिले माघी आउनै लाग्दा अधिकांश घर रंगिएका छन् ।
उनका अनुसार माघी ५ दिन चल्छ । पुस २८ गते माछा मारिन्छ भने २९ गते खसी, सुंगुर र कुखुरा काटिन्छ । ३० गते तरुल र गन्जी खन्ने गरिन्छ । माघ १ गते माघीका दिन बिहानै उठेर नदीमा नुहाएर चामल, दाल र नुन मिसाएको निसराउ छुइन्छ । मान्यजनको घरमा गएर टीका लगाइन्छ । बेलुकीपख अगुवा महतवाको घरमा सबैजना जाँड, रक्सी र तरकारी लिएर भेला हुन्छन् ।
सबै मिलेर खाएपछि नयाँ महतवा चयन गरिन्छ । नयाँ योजना बनाइन्छ । महतवाको घरबाट सुरु गरी सबै घरमा पुगेर नाचिन्छ । भोलिपल्ट दिदीबहिनीको घरमा भिक्षा दिन जाने चलन छ । अन्त्यमा नाचगानको पैसाबाट भोज गरेर माघी समापन हुन्छ ।
माघी पर्व हलो जोत्ने, बाली भित्र्याउनेजस्ता कामसँग सम्बन्धित रहेको थारू संस्कृतिका अध्येता महेश चौधरीले बताए । ‘खेतीपाती गर्ने, गरगहना लगाउने, पूजाआजा गर्ने, नाचगान गर्ने परम्परा पुरानै हो,’ उनले भने, ‘थारू जातिभित्र विविधतापूर्ण संस्कृति छ । कुनै समुदायमा घोडाको पूजा गर्ने चलन पनि छ ।’ थारूले मुसा, घोंगीजस्ता परिकार आदिमकालदेखि खाँदै आएको उनले बताए । ‘अहिले पनि थारू घरमा माघीमा यी सबै परिकार पाक्छन्,’ उनले भने ।
माघीमा नयाँ योजना गीतमार्फत व्यक्त गरिन्छ । यसलाई मघौटा भनिन्छ । ‘अब नयाँ के गर्ने भन्नेबारे हरेक घरमा योजना बन्छ, गाउँको अगुवा छानिन्छ,’ थारू कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले भने, ‘घर बनाउने, विवाह गर्नेजस्ता घरायसी कामका योजना पनि बन्छन् ।’
लोकतान्त्रिक अभ्यास
अघिपछि परिवारका सदस्य घरमूलीसँग कमै बोल्छन् । स्थानीयले बडघर (गाउँको अगुवा) सँग वादविवाद गर्दैनन् । तर माघी यस्तो लोकतान्त्रिक पर्व हो, जसले निर्धक्कसाथ बोल्ने अवसर जुराउँछ । घरमूली र बडघरले गरेका निर्णयको ठाडै आलोचना गर्न छुट दिइन्छ । त्यसैले माघीलाई लोकतान्त्रिक पर्व भन्न थालिएको छ ।

लोकतन्त्रको अभ्यास गर्न सिकाउँछ ।’
परिवारभित्र खोज्नीबोज्नी सकेपछि बडघरको पालो आउँछ । गाउँभरिका किसानले भेला भएर बडघरको भूमिकाप्रति प्रश्न गर्छन् । बडघरले सबैको जवाफ दिनैपर्छ । विवाह, मृत्यु संस्कार, देवीदेवताको पूजा, गाउँमा भएका आम्दानी तथा खर्च र सार्वजनिक कामबारे बडघरले कुरा राख्छन् । सबैले त्यसमा टिप्पणी गर्छन् ।
बडघरको भूमिका प्रभावकारी भए/नभएको छलफल गरिन्छ । ‘भूमिका सकारात्मक नभए नेतृत्वका लागि खुला निर्वाचन गरिन्छ, एकभन्दा बढी बडघरको दाबी गर्ने देखिए हात उठाएरै मत दिइन्छ,’ बाँके बैजनाथ गाउँपालिका गुरदियालपुर गाउँका बडघर केदार थारूले भने, ‘कुनै–कुनै गाउँमा बडघरका लागि चुनाव नै हुन्छ ।’
गाउँका लागि आफ्नै तरिकाले नीति–नियम बनाइन्छ । सार्वजनिक कामका लागि श्रमदान, विवाह, मृत्यु संस्कारका लागि आवश्यक पर्ने जनशक्ति परिचालन, देवीदेउताको पूजा, थारू देउताको देउथानको हेरदेख, कुलो, पानीलगायत कामको नीति बन्छ । त्यही नीतिका आधारमा बडघरले गाउँको नेतृत्व गर्छन् ।























कर्मसञ्चार । २०७५ पुष ३० गते सोमवार