डा.केसीका समर्थकलाई गोली हानेर तर्साउन खोजेको काँग्रेसकाे आरोप

सुर्खेत, ६ साउन । नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले विपीले देखाएको बाटो र सिद्धान्तको बाटोमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

३६ औं विपि स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं.२ ले आईतबार वीरेन्द्रनगमा आयोजना गरेको बहुआयामिक व्यक्तित्व विपी र वर्तमान सन्दर्भ विषयक अभिमूखिकरण कार्यक्रममा सभापति रेग्मीले सो कुरा बताएका हुन् । सभापति रेग्मीले जुम्लामा डा.गोविन्द केसीका समर्थकलाई अस्पतालमै पुगेर दमन गरेको भन्दै रेग्मीले भने ‘सरकारले अस्पतालजस्तो क्षेत्रमा पुगेर महिलाहरुलाई दुव्र्यवहार ग¥यो, नर्सहरुलाई कुटपिट गर्ने जस्ता घृणित कार्य गरेको छ ।’ रेग्मीले सरकारले गरेको मूल्यबृद्धि र डाक्टर केसीको मागलाई पुरा गराउन विरोधमा उत्रिएका जनताहरुलाई गोली हानेर तर्साउन खोजेको आरोप समेत लगाए ।

नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सरकारले अधिनायकबाद लाद्न खोजेको आरोप लगाए । उनले भने ‘वर्तमान सरकारले बहुमतको दम्भ देखाएर अधिनायकवाद लाद्न खोजिरहेको छ ।’ जनताले विरोध गर्नपाउने अधिकारबाट समेत बन्चित गर्न खोजेको भन्दै रेग्मीले भने ‘नागरिकका टाउका फूटाएर भएपनि अधिनायकवाद जबर्जस्ति लाद्न खोजेको छ ।’

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति नारायण कोइरालाले अहिलेको अवस्थामा विपि मार्गदर्शन र सिद्धान्त अनुसार नेपाली काँग्रेस अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

प्रकाशित मितिः   July 23, 2018 at 6:26 am 


  • प्रतिक्रिया दिनुहोस्