
काठमाडौं, ३ पुस ।
सातवटै प्रदेशका उपसभामुखहरूले मर्यादाक्रमबारे असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्षसहित सबै प्रदेशका उपसभामुखको सोमबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको छलफलमा उनीहरूले प्रदेशको प्रमुख सचिवभन्दा आफूहरूको मर्यादाक्रम पछाडि रहेको भन्दै गुनासो गरेका हुन् ।
हाल कायम रहेको मर्यादाक्रमअनुसार प्रदेश सभाका उपसभामुख १३औँ नम्बरमा छन् । तर, प्रदेशको प्रमुख सचिवलाई प्रदेश सभाका उपसभामुखभन्दा दुई तहअगाडि ११औँ नम्बरमा राखिएको छ । महिला उपसभामुखको अनुभव, भूमिका तथा मिडियाको पहुँचसम्बन्धी भएको छलफलमा प्रदेश सभाका उपसभामुखहरूले गतिशील राजनीतिमा रहनेलाई ‘उपसभामुख’ पद मूर्तिसरह हुने बताए ।
प्रकाशित मितिः December 18, 2018 at 12:24 pm


कर्म संचार । २०७५ पुष ३ गते मंगलवार