कर्णालीका पत्रकारलाई ५ लाखसम्मको स्वास्थ्य वीमा

सुर्खेत, १७ मसिंर ।
कर्णाली प्रदेश सरकारले पत्रकार स्वास्थ्य वीमा कार्यक्रम शु्रु गरेको छ । प्रदेश सरकारले कर्णालीका पत्रकारका लागि छुट्टै कार्यविधि बनाएर स्वास्थ्य विमा कार्यक्रम शुरु गरेकोे हो ।

यहाँका पत्रकारले बिरामी भएमा, घाईते भएमा, पूर्णरुपमा अपाङ्गता भएमा र मृत्यु भएमा वीमाको सुविधा पाउने छन् । पत्रकारको कुनै कारण वस मृत्यु भएमा इच्छाएको परिवारका सदस्यले पाँच लाख सम्मको वीमा सुविधा पाउने छन् । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश समितिको सिफारिसमा पत्रकारहरुलाई वीमा सेवा दिन लागेको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले पाँचलाख सम्मको पत्रकार स्वास्थ्य वीमाका लागि प्रदेश सरकारले कार्र्यिवधि बनाएको छ ।

कर्णालीमा पहिलो पटक प्रदेश सरकारको तर्फबाट पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा दिएको मन्त्री भण्डारीले वताए । प्रदेश सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रमको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले स्वागत गरेका छन् । वीमाका लागि भोली (मंगलबार) देखि लागु हुने गरी सूचना प्रकाशन गरी १५ दिनभित्र दरखास्त आव्हान गरिने मन्त्रालयले जनाएको छ । पत्रकारले दरखास्त दिनका लागि जिल्ला र प्रदेशका पत्रकार महासंघमार्फत जानुपर्ने छ ।

प्रकाशित मितिः   December 3, 2018 at 6:19 pm 


  • प्रतिक्रिया दिनुहोस्