
सुर्खेत, ४ असोज ।
२०७५ वैशाख १ देखि सबै प्रकारका सरकारी आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्ने निर्णय गरेको सरकारले असोज १ देखि कर तिर्न अनलाईन र इन्टरनेट पेमेन्टको वैकल्पि विधि कार्यान्वयनमा ल्याएको छ ।
यो निर्णय कार्यान्वयनमा गएपछि करदाता र सेवाग्राहीले सरकारसँग कारोबार गर्दा बैंक वा सेवा केन्द्रसम्म धाउनु पर्नै छैन । सरकारलाई पैसा बुझाउनकै लागि लामो लाइन लाग्न्पर्ने बाध्यताबाट मुक्ती पाउन केही प्रक्रिया पुरा गरेपछि सिधै सेवा प्राप्त गर्न सकिने छ ।
सरकारलाई राजश्व तिर्न जाँदा वा सरकारसँग भुक्तानी लिंदा तपाईंले सास्ती ब्यहोर्नुभएको छ ? लाइनको झन्झट भोग्नुभएको छ वा धेरै समय खेर गएको छ भने अब त्यसबाट छुटकारा पाउनुहुनेछ ।
अहिलेलाई सेवाग्राहीले यस्तो सुविधा अनलाईन माध्यमबाट मात्र पाउने छन् । कार्ड र भुक्तानी सेवाप्रदायकको विकल्प भने तत्काल उपलब्ध छैन ।
आन्तरिक राजस्व विभागले यो प्रणाली कार्यान्वयनमा ल्याएसँगै सेवाग्राहीको लागि विकल्प भने खुल्ला भएको छ ।
कसरी तिर्ने कर ?
घर वा कार्यालयबाटै कर तिर्नको लागि सबैभन्दा पहिले आन्तरिक राजस्व विभागको वेवसाइटमा गएर खाता खोल्नुपर्छ । त्यस्तै उक्त खातामा भुक्तानीको माध्यमको रुपमा रहेको नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएस रहेको छ । जसमा पनि एकाउन्ट हुन पर्छ ।
सुरुमा आन्तरिक राजश्व विभागले वेवसाइटमा जाने । त्यसमा रहेको ट्याक्स पेयर पोर्टलमा क्लिक गरी इन्टिग्रेटेड ट्याक्स सिस्टममा भित्रको जेनरल मा दुईपटक क्लिक गर्ने । त्यसमा अघि लिएको युजर नेम र पासवर्ड राखेर लगइन गर्ने । लगइन गरेपछि कर तिर्नेको लागि प्रक्रियामा जाने ।























कर्मसञ्चार । २०७५ असोज ४ गते बिहीवार