सुर्खेत, १९ भदौ ।
रुकुम पश्चिमको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन् ।
गत वर्षको जेठ महिनादेखि यो विमानस्थल बन्द रहँदा सबै भन्दा बढी बिरामी मर्कामा परेका छन् । नजिकैको विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा मिसन अस्पताल चौरजहारीाट पठाइएका बिरामीलाई सास्ती हुने गरेको छ ।
गम्भिर प्रकृति र थप उपचारका लागि सिफारिश भएका बिरामीलाई कच्ची बाटोबाट जोखिम लिएर मोटरमा सुर्खेत, नेपालगञ्ज तथा काठमाडाँै लानु परेको स्थानीय गोपाल रेग्मीले बताए ।
केही समय अगाडि मात्रै साढे चार करोड रकम खर्च गरेर विमानस्थल कालोपत्रे गरिएको थियो ।
विमानस्थल नियमित सञ्चालन गर्न नागरिक उड्ययन प्राधिकरणसँग नियमित पहल र समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले बताए । सम्भव भए दैनिक तथा नभए कम्तीमा हप्तामा एक उडान राख्न नागरिक उड्ययन प्राधिकरणसँग पहल गरिरहेको शर्माले जानकारी दिए । उनका अनुसार प्राधिकरणले छिट्टै यो समस्या समधान गर्ने प्रतिबद्धता जनाएको छ ।
नागरिक उड्ययन प्राधिकरणले उडानका लागि जहाजको कमी भएकाले उडान बन्द भएको जनाएको छ । उडान तालिका राखे पनि जहाजको कमीले एउटा उडान हुनसकेको छैन । केही समय अगाडि मात्रै साढे चार करोड रकम खर्च गरेर विमानस्थल कालोपत्रे गरिएको थियो ।
प्रकाशित मितिः September 4, 2018 at 6:14 pm























कर्मसञ्चार । २०७५ भाद्र १९ गते मंगलवार