काठमाडौँ, २ भदौ ।
बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग राख्दै राजधानीको माइतिघरमा अर्धनग्न प्रदर्शन गरिएको छ । शनिबार दिउँसो काठमाडौँको माइतीघरमा भएको महिलाको अर्धनग्न प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केहीलाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा जय नारी अभियानकी सावित्री सुवेदी, दिया भण्डारी लगायतका आधा दर्जनभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउका क्रममा महिलामाथि हातपात गर्नुका साथै दुव्र्यवहार गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् । सरकार बलात्कारका घटनामा मौन बसेका कारण बलात्कारजस्ता जघन्य अपराधको वृद्धि भैरहेको भन्दै संविधानमै बलात्कारीलाई मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग प्रदर्शनकारीले राखेका छन् । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत सिहदरबारमा राखिएको छ । सार्वजनिक स्थानमा अर्धनग्न प्रदर्शन गरेका कारण पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः August 18, 2018 at 5:04 pm


कर्मसञ्चार । २०७५ भाद्र २ गते शनिवार