संसद्‌मा मार्सी चामलको चर्चा

काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा कर्णालीको मार्सी चामलको चर्चा भएको छ । बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मार्सी चामलको चर्चा गरेका हुन् । उनले आफूले मार्सी चामल खाएको र त्यसले चर्चा पनि पाएको सुनाए । ‘अहिले मार्सी चामल व्यापकै रुपमा चर्चित पनि छ,’ उनले भने, ‘कर्णाली, जुम्लाको मार्सी चामल । मैले पनि मार्सी चामल चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ ।’

प्रधानमन्त्री ओलीले मार्सीबारे संसद्मा आफ्ना कुरा राख्दैगर्दा हाँसाको फोहोरा छुटेको थियो । नेकपाकालीन बेलामा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादित व्यवसायी दुर्गा प्रसाईंसँगै बसेर मार्सी चामलको भात खाएको तस्वीर बाहिरिएको थियो । उक्त तस्वीरबारे अहिले पनि बेला–बेलामा चर्चा हुने गरेको छ । जुम्लाको मार्सी चामलको प्रशंग निकालेका प्रधानमन्त्री ओलीले कर्णालीमा केही भएको छैन भन्नु ठिक नभएको जिकिरसमेत गरे ।

प्रकाशित मितिः   May 11, 2025 at 2:32 pm 


  • प्रतिक्रिया दिनुहोस्